आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । 

दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती प्रदेश १ का केही तथा बागमती र गण्डकी प्रदेशका पहाडी  भू-भागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।