शारीरिक सुन्दरता तथा स्वस्थका लागि जिम र एरोविक

शारीरिक सुन्दरता तथा स्वस्थका लागि जिम र एरोविक

काठमाडौँ  । शारीरिक सुन्दरता तथा स्वस्थ हुनका लागि गरिने व्यायामलाई युवापुस्ताले जीवनशैली बनाएको छ । युवापुस्ता आफूलाई फेसनेबल देखाउन साथीको लहैलहैमा लागेर पनि ‘जिम हाउस’ धाउने गर्छ । पछिल्लो समयमा युवतीहरूमा ‘एरोविक’ र पुरुषहरूमा ‘जिम’ लोकप्रिय बन्दै गएको छ । युवापुस्ताले व्यायामलाई स्वास्थ्यको हिसाबको साथसाथै फेसनको हिसाबले लिने गरेको पाइन्छ ।

शरीरलाई स्वस्थ, तन्दुरुस्त र फेसनेबल राख्न मानिसले अनेकौँ उपाय अपनाउने युवापुस्ताले आफ्नो जीवनस्तरलाई राम्रो देखाउन यस्ता व्यायाम गर्ने गरेको काठमाडौँ इन्जिनियरिङ कलेजका जतिन लामिछाने बताउँछन् । 

उनले भने, “अहिले व्यायाम गर्दा युवाको उद्देश्य शरीरलाई फुर्तिलो, जाँगरिलो, तन्दुरुस्त र फेसनेबल हुने नै हुन्छ । मानिसको पहिचानलाई शारीरिक सुन्दरता अनि शारीरिक सुगठनले निकै प्रभाव पारेको हुन्छ । लामिछाने आफ्नो शारीरिक सुन्दरता, स्वस्थता कायम गर्नका लागि व्यक्तिले  सरल उपाय भनेकै व्यायाम भएको जानकारी दिए । 

दिनभरमा बिहान वा साँझ थोरै समय निकालेर घरमा  सानो कोठामा पनि गर्न सकिने व्यायाम आजकल सहरीया जीवनमा झन् लोकप्रिय हुँदै गएका छन् । 

पावल जिमका प्रोप्राइटर गौतम श्रेष्ठले जिम, एरोविक, योगा गरेमा शरीर राम्रो हुने, कुलतबाट मुक्त हुने तथा साथीहरूको भेला हुने ठाउँ मान्न सकिने बताए । उनले जिम गर्न युवापुस्ता बढी मात्रामा आउने गरेका बताउँदै यसलाई उनीहरूले फेसनको रूपमा नै लिइरहेको बताए । 

राजधानीलगायतका देशका ठूला सहरमा व्यावसायिक रूपले सञ्चालन गरेका थुप्रै व्यायामशाला भेटिन्छन् । काठमाडौँमा मात्रै साना, ठूला गरी करिब तीन सयको हाराहारीमा व्यावसायिक रूपले व्यायामशाला सञ्चालनमा रहेका बताइएको छ । टोल–टोल तथा चोक–चोकमा भेटिने प्रायःजसो व्यायामशालाहरू ‘जिम क्लब’का रूपमा प्रख्यात भएका छन् । 

प्लस टुमा अध्ययनरत आयुष श्रेष्ठले आफूलाई फिट बनाउन र साथीहरूसँग भेला हुनका लागि जिम सुरु गरेको बताउनुभयो । आयुषले भने, “जिममा आउन सुरु गरेदेखि साथीहरूसँग पनि भेट हुने र आफू फेसनेबल पनि हुने । आफ्नो स्वास्थ्यका लागि फाइदाको साथै व्यक्तित्वको विकास र रमाइलो पनि हुने भएकाले जिम सुरु गरेको आयुषको अनुभव छ ।” 

त्यसैगरी पावर जिमका श्रेष्ठले यस्ता जिम लागूऔषधि प्रयोग दुव्र्यसनीहरूका लागि पनि फाइदाजनक भएको बताउनुभयो । उनले लागूपदार्थ प्रयोग गर्ने व्यक्तिहरू पनि धेरै भर्ना भएको जानकारी दिँदै भने, “जिम र एरोविक गर्ने व्यक्तिहरूमा लागूऔषधिको प्रयोग विस्तारै हटेको देखेको छु । केटाहरू मोटाउने हिसाबले आउने र केटीहरू दुब्लाउने हिसाबले जिममा आउने गरेको बताउँदै श्रेष्ठले ७५ प्रतिशत सकारात्मक नतिजा आएको पनि बताए ।” 

त्यस्तै योगाका प्रशिक्षक डा .अञ्जु डङ्गोलले युवापुस्ता नै बढी योगाका लागि आउने गरेको बताइन् । । उनले युवापुस्ता फेसनको हिसाबले र अरू रोग निको पार्नका लागि आउँछन् ।  योगाले स्वास्थ्य हुनुका साथै फिटनेस पनि हुने उनले बताइन् ।