समानुपातिकतर्फ झण्डै १ करोड मत गणना हुँदा एकीकृत समाजवादीको कति ?

समानुपातिकतर्फ झण्डै १ करोड मत गणना हुँदा एकीकृत समाजवादीको कति ?

४ मंसिरमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको मत गणना अन्तिम चरणमा पुगेको छ। आज बिहानसम्म समानुपातिकतर्फ झण्डै एक करोड मत गणना गरिएको निर्वाचन आयोगले जनाएको छ।

समानुपातिक मत गणना अन्तिम चरणमा पुग्दा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न सक्छ कि सक्दैन भन्ने आम चासो बढेको छ।

हालसम्म गणना भएको ९९ लाख ९३ हजार ५६८ मतगणना हुँदा एकीकृत समाजवादीले २ लाख ८१ हजार ३८१ मत पाएको छ।

आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो भने अहिलेसम्मको आकलन अनुसार ३ लाख मत बदर भएका छन्। यस आधारमा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन्छ।