उम्मेदवारलाई विजयी गराएकोमा कांग्रेस कैलाली–४ द्वारा आभार व्यक्त

उम्मेदवारलाई विजयी गराएकोमा कांग्रेस कैलाली–४ द्वारा आभार व्यक्त

धनगढी ।  कैलाली क्षेत्र नम्बर ४ मा गठबन्धनका उम्मेदवारलाई विजयी गराएकोमा नेपाली कांग्रेस क्षेत्र नम्बर ४ ले आभार व्यक्त गरेको छ ।
क्षेत्रिय समितिले वधाई तथा शुभकामना सन्देश जारी गर्दै गठबन्धनका उम्मेदवार वीर बहादुर बलायर, दीर्घ बहादुर सोडारी र प्रकाश बमलाई विजयी गराएकोमा यस क्षेत्रका मतदाता प्रति आभार व्यक्त गरेको हो ।

कांग्रेस कैलाली क्षेत्र नम्बर ४ तथा पाँच दलिय गठबन्धन निर्वाचन परिचालन मूल समितिका संयोजक समेत रहेका बसन्त रोकाया (ललित) द्धारा जारी शुभकामना सन्देशमा उम्मेदवारलाई निर्वाचित गराउन सक्रिय भूमिका खेल्ने पार्टीमा आवद्ध नेता कार्यकर्तालाई पनि धन्यावाद ज्ञापन गरिएको छ ।

शुभकामना सन्देशमा गठबन्धनका उम्मेदवारले जनताका बीचमा व्यक्त गरेका प्रतिवद्धता पूर्ण रुपमा कार्यान्वय गर्न नेपाली कांग्रेस क्षेत्र नम्बर ४ क्षेत्रीय कार्यसमिति सदा तत्पर रहने पनि प्रतिबद्धता व्यक्त गरिएको छ ।

मंसिर ४ मा संम्पन्न निर्वाचनमा प्रतिनिधि सभामा बलायर, प्रदेश सभामा सोडारी र बम एमालेका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका थिए ।