बाजुरामा मतगणना गर्न निर्देशन

बाजुरामा मतगणना गर्न निर्देशन

बाजुरा । निर्वाचन आयोगले बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ ।

आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले भने, ‘ बाजुरा र स्याङ्जा २ मा मतगणना गर्ने भनेर सर्वसम्मत निर्णय भएको छ ।’

नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना हुन सकेको छैन ।