आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । 

दिउँसो प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती सुदूरपश्चिम प्रदेशमा र प्रदेश १ का पहाडी  भू-भागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।