लेखराज छाडेर वीर बहादुरलाई किन सिकन्दर बनायो, कैलाली ४ ले ?

लेखराज छाडेर वीर बहादुरलाई किन सिकन्दर बनायो, कैलाली ४ ले ?

सुदुरपश्चिम प्रदेशको स्थायी  राजधानी कैलालीको गोदावरी नगरपालिका २ र ४ वडा अन्तरगत  पर्दछ । राजनीतिक दल र नेताको  नजरमा केन्द्रबिन्दु रहेको कैलाली क्षेत्र न ४ मा   प्रतिनिधि सभाको निर्वाचन प्रदेशकै मुख्यतः बृहत् रुपमा लिइएको थियो ।

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका  सुदूरपश्चिम प्रदेश सभापती वीर बहादुर बलायर र नेकपा एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट बिच कडा प्रतिस्पर्धा रहेको थियो । दुबै जना प्रदेश कमान्डर पनि हुन् । नतिजा भने लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बलायरको पोल्टोमा गयो । भट्ट  ३ हजार ६ सय ७ मतको अन्तरले बलयार संग पराजित भए । बलायर भने पहिलोपटक यस छेत्रमा चुनाब लडेका हुन् । यस भन्दा अगाडि  डोटी क्षेत्र नम्बर १ बाट  ३   चोटी चुनाब लडेका बलायर  बि.स २०६४ एमालेका नेता हर्क सिंह संग  पराजित भएका थिए । त्यसपछि  बि स २०७० को सबिधानसभाको निर्वाचन बिजय हासिल प्राप्त गरि २०७४ सालमा देउवा नेतृत्व सरकारमा भौतिक पुर्बाधार तथा यातायात ब्यबस्था मन्त्रालयको जिम्मेवारी समालेका थिए । निडर र दुरदर्शिताको छवि मानिएका बलायरले  तेस्रो  पटक डोटी बाट चुनाब लड्दा २०७४ सालको चुनाबमा एमाले नेता प्रेम बहादुर आलेमगर संग प्रतिनिधि सभामा पराजय भएका थिए । ४ चुनाव लडेका बलायरको यो दोस्रो विजत हो भने,  ४ पटक चुनाब लडेका भट्टको  तेस्रो पराजित हो । भट्ट पुर्ब माओबादी नेता हुन्, २०७४( नेकपा) को बाम गठबन्धन माओबादी बाट बिजयी भइ आफ्नो बाटो बिराई पार्टी बिगठन पछि एमालेमा प्रवेश गरेका थिए भट्टले । प्रचण्ड नजिक मानिने भट्ट कालान्तरमा केपी गुट नजिक हुन पुगे । आम नागरिकमा राजनीति प्रती बितृस्णा बढ्दै गएको र नेताहरु प्रती जन बिश्वास घटिरहेको यो चुनाब बाट प्रष्ट देख्न सकिन्छ । त्यस्तै नेता भट्ट प्रती जनमानिसले बिश्वास गुमाइसकेका थिए ।  आफ्नो  क्षेत्रमा दुई पटक बिजयी हुँदा पनि कुनै काम नभएको र समस्याहरु दिन प्रतिदिन थपिदै गएपछि  आम नागरिकहरुले नेतृत्व परिवर्तन खोजिरहेका थिए।

५ दलिय गठबन्धन भएकाले बलायरले डोटी छोड्नुपर्ने अवस्था सिर्जना भयो । क्षेत्र नम्बर  ४ बलायरको लागि नौलो पनि होइन, गृह आवासीय क्षेत्र पनि हो साथै प्रदेश भरिकै जन्ताको मनमा बस्न सफल ब्याक्तित्व पनि हुन । चुनाबी एजेन्डा पनि आम जनताका वास्तविक समस्या  लाई उजागर गर्न सकिने, दीर्घकालीन र

दीगा बिकासका पुर्बाधारहरु, दैनिकी जिबनका अनिवार्य गुणस्तरीय आधारभुत आवश्यकताहरु लाई प्राथमिकता साथै  अपरिहार्यमा राखेको थियो । मुलतः प्रदेश राजधानी र खुटिया दिपायल फास्ट ट्र्याकमा विशेष भुमिका रहने र पुर्णकार्य  गर्नेमा जनता लाई बिस्वस्त जनाउनु भएको छ । देउबाको नजिक मानिने बलायर कर्ममा बिश्वास गर्ने र जनताको मत लाई कदर गर्ने र उहाँको समाज,क्षेत्र र देशमा आमूल परिवर्तन प्रतिको  देन सम्झेर !  बिस्वाशिलो, इमानदार, निडर र बिकासप्रेमी नेताको सर्बत्र छेत्रमा माग हुने भएकाले त्यसै अनुरुप बलायर लाई ससम्मान साथ क्षेत्र नम्बर ४ का मतदाताले विजयीको पुस्प छरेका छन् । त्यसैगरी प्रदेश सभामा पनि लोकतान्त्रिक बाम गठबन्धनको बिजय भएको छ ।  प्रदेश सभा (१) एकीकृत समाजबादी दीर्घ सोडारी र प्रदेश सभा ( २ ) प्रकाश बम बिजयी भएका हुन् । सोडरी ०७४ को प्रदेश सभा चुनाबमा क्षेत्र न ४  बाट बाम गठबन्धन एमाले बाट निर्बाचित प्रदेश सभा सदस्य पनि हुन्। अहिले भने एकीकृत समाजबादि बाट दोस्रो पट्क पनि भारी मतान्तरले  बिजयी हासिल गरेका छन् । “राजनीति पाटा फरक फरक हुन सक्छन् तर सिद्धान्त जहिले नि एउटै हुनुपर्छ , जुन जनसेवा हो ।“ भाब लाई आत्मसात गर्ने र जनताले कार्य लाई सेवक भएर निपुर्ण गर्ने साथै दक्षताको मुल्यांकन गरि पुनः बिजयी गराएका छन। पार्टी फेरि पनि जनताको मन र मत लाई जित्न सफल एक कुशल राजनितिज्ञ रुपमा परिचीत छन् सोडारी ।  

प्रतिनिधि सभा र प्रदेश सभा (ख) मा भने  पहिलो पटक नयाँ ब्याक्तित्व थिए। प्रदेश सभा (ख ) बाट एमाले उम्मेदवार हरि सिंह साउद लाई लोकतान्त्रिक बाम गठबन्धन कांग्रेसका उम्मेदवार  प्रकाश बमले पाँच सय सोह्र  मतान्तरले   बिजयी हासिल गरेका छन् । समाजमा र राजनीतिमा भिझेका बम एक बौद्धिक ब्यक्तित्व र समाज रुपान्तरणका लागि खटिरहने पिपलको प्रतीकको रुपमा मानिन्छन् ।  उचित मार्गदर्शन र सफल नेतृत्व नभएर देश अस्तब्यस्त अबस्थामा आर्थिक र भौतिक रुपमा जिर्ण छ । कैलाली क्षेत्र नम्बर ४ पनि थुप्रै समस्याहरु छन् जुनमध्ये केही समस्याहरु तल उल्लेखित गरेको छु ।

नामले राजधानी रहेको यो क्षेत्रमा हजारौं समस्याहरु जस्ताको तेस्तै रहेका छन् । थुप्रै वस्तिमा सडक निर्माण हुन सकेको छैन, भएका सडकहरु पनि भत्ताभङ्ग साथै खाल्डाखुल्डीले अस्तब्यस्त छ्न जस्को प्रतिफल दिना नुदिन जनधनको क्षती भैरहेको छ ।  धुलोमाटोको कारणले स्वास्थयमा प्रतिकुल असर पार्नुका साथै दीर्घकालीन रोगहरु निम्ताएको छ । स्वास्थय क्षेत्रमा पनि बिबिध समस्या रहेका छ्न,भएका अस्पताल र स्वास्थय चौकीमा गुणस्तरीय सेवा पाउन सकेका छैनन् जनताले । सरकार बाट अनुमोदन नि शुल्क आषधी र अन्य सेवाहरु पाएका छैन्न । स्वास्थयकर्मीहरुलाई प्रबिधियुक्त गुणस्तरीय तालिम प्राप्त नभएर भएका सेवाहरु पनि थाती राख्नु परेको अवस्था रहेको छ । भैपरी आउने स्वास्थ समस्यअहरुको लागि कुनै बैकल्पिक उर्जा र स्रोत साधनको सुनिश्चितता छैन । जस्तैः कोरोना, इबोला ..... गिरिबी र अशिक्षाको कारणले अकालमै ज्यान गुमाईरहेका छन्। कानुनी ब्यबस्था स्थिर नभएर हजारौं किसानहरुले जग्गा धनी हुन पाएका छैन्न । किसानहरुले आधुनिकरण औजारहरुको उपभोग र दक्षता पाएका छैन्न, समयमा सिचाइ गर्न पाएका छैन्न , भएका  नहर र बोरिङ जिर्ण अबस्थामा छन । शिक्षा क्षेत्रमा हुनुपर्ने गुणस्तरीय दिनानुदिन औरालो लाग्दै छ,कुनै बिध्यालयमा विद्यार्थी छ्न शिक्षक छैन, कतिपयमा शिक्षक छन् बिध्यार्थी छैन । यस्तो अवस्थामा सरकारी बिद्यालय प्रती आम मानिसले बिश्वास गुमाएका छन् । गिरिबीको रेखामुनि भएका , गरिब, असाहय र अपाङ्ग परिवारका बालबालिका शिक्षा बाट बञ्चित हुन् पुगेका छन् ।

मुलतः जीवनको  मेरुदण्ड नै शिक्षा हो । यो क्षेत्र भौगोलिक रुपमा पनि भिन्न रहेको छ । बर्तमान जगत सञ्चारमा गतिशीलता लिदै छ ।  तर यस क्षेत्रको विभिन्न ठाँउमा सञ्चारको अबस्था दयनीय रहेको छ । फलस्वरूप प्रत्यक्ष असर आम नागरिक र भबिस्यका कर्णदार शिक्षाको पाठशालामा परेको छ । प्रबिधिको आवश्यकता परिपुर्ति  गर्न नसक्दा हजारौं अबसर बाट बञ्चित हुन पुगेका छन् । यस छेत्रमा भएका धार्मिक र पर्यटन क्षेत्रहरु ओझेलमा पर्नुका साथै सनातन अस्तित्व मेटिदै गएको छ । जनता जनार्दन हुन् । जनताका समस्या लाई निर्मुल पारी भाबी पुस्ताको लागि उज्वल र पर्यावरण  वातावरण सिर्जना गर्ने यो सुनौलो अबसरका साथै कर्तव्यबोध पनि हो । जुन आसा र भरौसाले मतदान गरेका छन् ,त्यसको प्रतिफल अमिलो हुँदा के हुन्छ ? अबगत र जगजाएर नै होला । सपनामा देख्ने खुशी भन्दा जनताको सेबक भएर काम गरेमा बिपनिमा पनि त्यो भन्दा खुशी छाउनेछ जुन युगान्तकारी हुनेछ । देशको नीतिनिर्माता बनाउनु देखि लिएर क्षेत्र भित्रका बिबिध समस्या लाई उजागर गर्ने, जोड दिने ! मानव अधिकारको प्रत्याभूति , अपुर्ण कार्य लाई पुर्णता दिने, शिक्षा, स्वास्थय, खानेपानी, सिचाइ, यातायात ,सडक निर्माण कार्य स्तोरोउन्नती, सञ्चार, कृषि औजार र आधुनिक प्रबिधी, साथै पर्यटन  बिकास र बन संरक्षणमा यहाँहरुको विशेष भुमिका रहनु पर्दछ ÷ हुनेछ । कुनै पनि कार्य दीर्घकालीन र दिगो बिकास साथै समानता प्रक्रियामा कटिबद्ध हुनुपर्दछ । ३ जना माननीय ज्युहरु लाई हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना ब्यक्त गर्दछु ।

( म स्थानीय भएको नाताले बिजयी हुनुभएका उम्मेदवारलाई मेरो सानो सुझाब सरह लिनु होला ) धन्यवाद ।