सुनसरी–४ बाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की विजयी

सुनसरी–४ बाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की विजयी

सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की विजयी भएका छन्। सञ्चार सूचना तथा प्रविधिमन्त्री समेत रहेका कार्की १ सय १२ मतान्तरसहित विजयी भएका हुन्।
सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की विजयी भएका छन्। सञ्चार सूचना तथा प्रविधिमन्त्री समेत रहेका कार्की १ सय १२ मतान्तरसहित विजयी भएका हुन्।

नेकपा एमालेका उम्मेदवार जगदीश प्रसाद कुसियैतविरुद्ध झिनो मतान्तरले विजयी भएका हुन्। 

अन्तिम मतपरिणाम अनुसार कार्कीले ३० हजार ४ सय ८३ मत प्राप्त गरेर विजयी भएका हुन्। कुसियैतले भने ३० हजार ३ सय ७१ मत प्राप्त गरेका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा भने गर्न बाँकी छ। यहाँ ८१ हजार १ सय १९ मत खसेको थियो।

कार्की यसअघि ०७४ को निर्वाचनमा पनि सुनसरी–४ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। त्यतिबेला उनले नेकपा एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए।