धनगढीमा जारी निषेधाज्ञा १७ गते बिहान ४ बजेदेखि हट्ने

धनगढीमा जारी निषेधाज्ञा १७ गते बिहान ४ बजेदेखि हट्ने

धनगढी । कैलालीमा ग्रेडरको ठक्करबाट पञ्चोदयमा अध्ययनरत चेतना साउँदको मृत्यु भएपछि प्रशासनले जारी गरेको निषेधाज्ञा शनिवार बिहानसम्म थप गरिएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सूचना जारी गर्दै निषेधाज्ञा शनिवार बिहान ४ बजेसम्मका लागि कायम रहने जनाएका छन् ।

बिहीबार बिहान धनगढीमा ग्रेडरको ठक्करबाट १५ वर्षीय छात्राको मृत्यु भएको थियो । त्यसपछि विद्यार्थी आन्दोलित बनेका थिए ।