मायाको हत्याका आरोपित कोलीले टिकटकमा भिडियो राख्दै भने,  'मैले मायाको हत्या गरेको होइन'

मायाको हत्याका आरोपित कोलीले टिकटकमा भिडियो राख्दै भने,  'मैले मायाको हत्या गरेको होइन'

धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीय माया लुहारको हत्याका आरोपित परार अवस्थामा रहेका सशस्त्र प्रहरीका जवान भरतराम कोलीले आफूले हत्या नगरेको बताएका छन् । उनले एक टिकटक भिडियो मार्फत हत्या नगरेको बताएका हुन् । 

शिवनाथ गाउँपालिका–४ सोलपलाका कोलीविरुद्ध हत्या आरोपमा पीडित परिवारले किटानी जाहेरी समेत दिएका छन् । तर उनी घटना भए देखी प्रहरीको फरार सूचिमा रहेका छन् । निरन्तर प्रहरीले खाजी गरिरहेको छ । 

यसैबिच कोली भने अहिले जनमानसमा लोकप्रिय सामाजिक सञ्जाल आफ्नो (टिकटक) अकाउन्टमा ‘मैले मायाको हत्या गरेको होइन’ शीर्षक राख्दै भिडियो सार्वजनिक गर्दै आफूले माया लुहारको हत्या नगरेको बताएका छन् । यो टिकटक भिडियो बाट पनि उनी सामाजिक सञ्जालमा सक्रिय छन् भन्ने बुझ्न सकिन्छ । 

६÷७ महिनादेखि मृतक माया र आफू प्रेम सम्बन्धनमा रहेको खुलाएका कोलीका अधिकांश टिकटक भिडिओ निराशा भल्किने देखिएका छन् । भने उनले ‘मैले मायाको हत्या गरेको होइन’ भन्ने विषयमा लेखिएको भिडिओ पनि डिलिट गरेका छन् । 

उनले सार्वजनिक गरेको टिकटक भिडियोमा यस्तो लेखेका छन् ?