बाजुरामा कांग्रेस उम्मेदवार पाण्डेको अग्रता कायमै

बाजुरामा कांग्रेस उम्मेदवार पाण्डेको अग्रता कायमै

धनगढी । बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना जारी छ । हाल सम्म २० हजार ६३६ मत गणना हुँदासम्म कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ११ हजार ७६ मत पाएका छन् । 

एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार ८५२ मत प्राप्त गरेका छन् । उनीहरुबीच २ हजार २२४ मतको अन्तर देखिएको छ । बाजुरामा ६० हजार १५२ मत खसेको थियो ।