आज कस्तो रहनेछ देशको मौसम ?

आज कस्तो रहनेछ देशको मौसम ?

धनगढी । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।  प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । 

राती  सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू लगायत देशका पहाडी  भू-भागका थोरै स्थानहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।


दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती देशभर मौसम सामान्यतया सफा रहनेछ ।