धनगढीः बँदेलको आक्रमणमा परि अछाममा एक जनाको मृत्यु भएको छ।
जिल्लाको मेल्लेख गाउँपालिका वडा नं ६ शोडषाका ४० वर्षीय केशर बोहराको मृत्यु भएको हो। आज बिहान उनलाई घर नजिकै बँदेलले आक्रमण गरेको थियो। आक्रमणबाट घाइते बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।