देशभर १२१ कोरोना सक्रिय संक्रमित

देशभर १२१ कोरोना सक्रिय संक्रमित

नेपालमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८४३ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा तीनजनामा संक्रमण देखिएको हो । यो अवधिमा एन्टिजेन विधिबाट परीक्षण गरिएका ३३५ नमुनामा कोरोना देखिएन ।

अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर २१ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८८ हजार ७६३ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १२१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।