यू-१९ राष्ट्रिय क्रिकेटकाे उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

यू-१९ राष्ट्रिय क्रिकेटकाे उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

धनगढी: राजधानीमा जारी यु-१९ क्रिकेटमा आज फाइनल खेल हुँदैछ।

त्रिवि क्रिकेट मैदानमा उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। 

समूह चरणको खेलमा अपराजित रहँदै सुदूरपश्चिम फाइनल पुगेको हो। डिफेन्डिङ च्याम्पियन लुम्बिनी समूह चरणका ६ मध्ये ५ खेलमा विजयी भएर फाइनल पुगेको हो। प्रतियोगिताको विजेताले २ लाख नगद र उपविजेताले १ लाख नगद पाउनेछन्। यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउनेछन्।