आज कस्तो रहनेछ देशको मौसम ?

आज कस्तो रहनेछ देशको मौसम ?

धनगढी । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी  भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।  

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी  भू-भागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  

राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  तराई  भू-भागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।