आज कस्तो रहनेछ त मौसम ? यस्तो छ पूर्वानुमान

आज कस्तो रहनेछ त मौसम ? यस्तो छ पूर्वानुमान

धनगढी । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। प्रदेश १ का साथै देशका पहाडी  भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

 दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा  गण्डकी प्रदेशका पहाडी  भू-भागका एक-दुई स्थानमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती प्रदेश १ का साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराई  भू-भागमा हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।