सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री देउवा धनगढी आउँदै

सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री देउवा धनगढी आउँदै

धनगढी ।  सुदूरपश्चिम महोत्सवको  उद्घाटन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी आउने भएका छन् । कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले आज दिउँसो २ बजे प्रधानमन्त्री देउवाले महोत्सवको उद्घाटन गर्ने जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश महोत्सवको समुद्घाटनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई १५ बुँदे मागसहित १५ किलो माला लगाउने तयारी आयोजकले गरिरहेको छ ।  २१ बुँदे मागबाट शुरु भएको महोत्सवमा यस वर्ष प्रमुख अतिथिलाई १५ किलोको माला लगाईने छ । 

२१ बुँदाबाट केही माग पुरा भईसकेको र अपुरो बुँदा अनुसार प्रधानमन्त्रीलाई माला लगाईने छ । प्रदेशको गौरिफण्टा, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, गौरिफण्टादेखि मानसरोवर जोड्ने सडक, प्रर्दशनीस्थलको व्यवस्था, आईटी हब लगायतका १५ देखि १७ बुँदे माग हुन सक्ने बताए । उनले अहिले बुँदाहरु तयार गरिरहेको बताए ।
सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गरेको हो । मंसिर २२ देखि  पुस २ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । 

कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन । 


यस वर्षको महोत्सवमा कृषि उपज, खानाका परिकार, व्यापार व्यवसाय लगायतको चार सय स्टल राखिएको सङ्घले जनाएको छ । दुई करोडको लगानीमा महोत्सव लागिरहेको र १० करोड बराबरको कारोबार हुने उपेक्षा गरिएको अध्यक्ष कुँवरले बताए ।  धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा आयोजना हुन लागेको महोत्सवको यो १६ औँ संस्करण हो ।