बैतडीमा पालिकास्तरिय भलिबल प्रतियोगिता हुने

बैतडीमा पालिकास्तरिय भलिबल प्रतियोगिता हुने

धनगढी । बैतडीमा मङ्सिर २५ देखि २७ गतेसम्म पालिकास्तरिय भलिबल प्रतियोगिता हुने भएको छ । म्यानेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सो प्रतियोगिता तीन दिन सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा प्रथम हुनेलाई एक लाख २५ हजार, द्धितियलाई ७५ हजार र  तृतीयलाई ३५ हजार नगदसहित ट्रफि प्रदान गरिने छ । 

यस्तै,  उत्कृष्ट खेलाडीलाई पाँच हजार नगदसहित ट्रफि प्रदान गरिने ट्रष्टका अध्यक्ष ई. गिरेश चन्दले जानकारी दिए ।