आज कस्तो रहनेछ त मौसम ? यस्तो छ पूर्वानुमान

आज कस्तो रहनेछ त मौसम ? यस्तो छ पूर्वानुमान

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशका पहाडी  भू-भागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  

राती प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी स्थानहरुमा  मौसम सामान्यतया सफा रहनेछ। 

 तराई  भू-भागमा हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध गरिएको छ ।