आज कस्तो रहनेछ  मौसम ? यस्तो छ पूर्वानुमान

आज कस्तो रहनेछ  मौसम ? यस्तो छ पूर्वानुमान

धनगढी । प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।राती  देशभर मौसम सामान्यतया सफा रहनेछ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

तराई  भू-भागमा हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध गरिएको  छ ।