कांग्रेसले समानुपातिकमा सुदूरपश्चिमबाट ७ महिला र १ पिक्षेबाट सांसद बनाउँदै

कांग्रेसले समानुपातिकमा सुदूरपश्चिमबाट ७ महिला र १ पिक्षेबाट सांसद बनाउँदै

नेपाली कांग्रेसले प्रतिनिधिसभामा सुदूरपश्चिमबाट ७ महिला र १ पिछडिएको क्षेत्र(पिक्षे)बाट समानुपातिक सांसद बनाउँने भएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट सो निर्णय गरिएको हो । 

निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदहरूको नाम बुझाउने अन्तिम मिति आजसम्मलाई दिएको छ । जसअघि पार्टीको बैठक बसेर समानुपातिकर्फको सूचीबारे आयोगलाई जानकारी गराउन लागिएको हो । 

प्रतिनिधिसभातर्फ दोस्रो ठूलोे पार्टी बन्दै कांग्रेसले ३२ जना समानुपातिक सांसद पाउने भएको छ । जसमा ७ महिला र १ पिछडिएको क्षेत्रबाट सुदूरपश्चिमका सांसद पठाउँन लागिभएको छ भने त्यससहित देशभरिबाट २९ महिला र ३ जना पुरुष पठाउने निर्णय कांग्रेसले गरेको हो ।