कर्णाली नदीमा डोजर पल्टिँदा दुई जनाको मृत्यु हुँदा तीन बेपत्ता, तीन घाइते

कर्णाली नदीमा डोजर पल्टिँदा दुई जनाको मृत्यु हुँदा तीन बेपत्ता, तीन घाइते

कर्णाली कोरिडोरस्थित रेगिल सडक खण्डमा स्काई भेटर डोजर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । 

फुकोट कर्णाली हाइड्रो पावरको सुरूङ मार्गमा काम गर्दै गरेको डोजर कर्णाली नदिमा खसेको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते छन् । तीन जना नदिमा बेपत्ता भएको प्रहरीले जनाएको छ । डोजर दुर्घटनामा सान्नित्रिबेणी-१ का अन्दाजी १७ वर्षीय चरित्र बिक र सान्नित्रिवेणी-१ का अन्दाजी १४ वर्षीका युवाराज बुढाको मृत्यु भएको छ । डोजरमा रहेका रास्कोट नगरपालिका ९७ का मिलन शाही गम्भीर घाइते छन् ।  दुर्घटनामा परी सान्नित्रिवेणी ९१ कै नर गिरिका छोरा उमेश गिरि, सान्नित्रिवेणी-१ का रक्तिम बिक अछाम घर भई डोजर चालक रहेका कमल सोडारी बेपत्ता रहेका छन् ।

घाइतेहरूको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहे छ । बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय का प्रवक्ता सुभराज बमले बताए ।