सुदूरपश्चिमबाट समानुपातिकमा अवसर पाउने देउवापत्नी आरजुसहित जम्मा ४ जना

सुदूरपश्चिमबाट समानुपातिकमा अवसर पाउने देउवापत्नी आरजुसहित जम्मा ४ जना

धनगढी । सुदूरपश्चिमबाट प्रतिनिधि सभामा समानुपातिकबाट जम्मा ४ जनाले अवसर पाएका छन्। तीमध्ये १ प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा रहेकी छिन्।

सुदूरपश्चिमबाट माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रतिनिधित्व शून्य हुनबाट जोगाएको छ। प्रतिनिधि सभामा १ सिट पनि नजितेको उक्त पार्टीले समानुपातिकबाट कैलालीकी रुपा सोसी चौधरीलाई समेटेको छ।  

नेकपा एमालेबाट सुदूरपश्चिममा प्रत्यक्ष २ जनाले जितेका छन्। समानुपातिकमा भने १ जना दयालबहादुर शाहीले मात्रै अवसर पाएका छन्। 

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको गृह प्रदेशबाट समानुपातिकमा २ जनाले अवसर पाएका छन्। देउवापत्नी आरजु राणा देउवा हुन्। बन्दचसूचीमा उनको ठेगाना डडेलधुरा उल्लेख छ। अर्को कैलालीकी ईश्वरी न्यौपाने रहेकी छिन्।