आज कस्तो रहनेछ देशको मौसम ?

आज कस्तो रहनेछ देशको मौसम ?

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशभर मौसम सामान्यतया सफा रहेको छ । देशका पूर्वी तराईका केही स्थानहरुमा हल्का हुस्सुरकुहिरो लागेको छ ।

दिउँसो ːदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

राती   प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

तराईका केही  भू-भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने  तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।