डोटीको भाईरल झोलुङ्गे पुल नगर प्रमुख खड्काद्धारा उद्धघाटन

डोटीको भाईरल झोलुङ्गे पुल नगर प्रमुख खड्काद्धारा उद्धघाटन

दिपायल ।  डोटी जिल्लाकै सबैभन्दा अग्लो स्थानमा रहेको कोटभैरब दुदेश्वर जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।
सोमबार दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजि सीँ खड्काले पुलको उद्घाटन गरेका हुन् । नगर प्रमुख खड्काले भने,‘पर्यटन पर्वद्धन गर्ने उद्देश्यले पुलको निर्माण गरिएको हो । कोटभैरब दुदेश्वर आफैमा ऐतिहासिक ठाउँ हो । धार्मिक र पर्यटक बढाउन पुलले महत्वपुर्ण भूमिका खेल्ने छ । ’
आन्तरिक तथा बाह्य पर्यटक बढाउन आगामी दिनमा नगरपालिकाले विशेष योजनाका साथ अगाडी बढ्ने खड्का बताए । संरक्षण तथा मर्मतको पर्खाइमा रहेको राजदरबार कोट भैरव लागि विशेष जोड दिने खड्काले बताए ।
दिपायल सिलगढी नगरपालिका वडा नं. २ र ५ मा अवस्थित ऐतिहासिक तथा धार्मिक क्षेत्र डोटी राजदरबार, कोटभैरब मन्दिर तथा दुद्वेश्वर मन्दिरको प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाद्वारा निर्माण गरिएको झोलुङ्गे पुलको पुलको २ सय मिटर लम्बाइ र ७० मिटर उचाइ रहेको छ ।
दुदेश्वर कोटभैरब जोड्ने झोलुङ्गे पुल २०७८ साल असारमा सम्झौता भई बिचमा एक पटक म्याद थप भई २०७९ साल असोज महिनामा ९६ लाख ३९ हजार ७ सय ५८ लागतमा देब भूमि कन्स्ट्रक्सन निमार्ण सेवाले निमार्ण गरेको थियो ।

अहिले उक्त पुल भाइरल पुलका नामले पनि चर्चित छ । पुलमा दैनिक दुई तिन सय जना पुलमा घुम्न आउने गर्दछन् ।