करार सेवामा कर्मचारी माग

करार सेवामा कर्मचारी माग

डडेल्धुरा । परशुराम नगरपालिकाले १ वर्ष करारको लागि कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । 

सूचना अनुसार नगरपालिका, ज्युरिज फाउण्डेसन  र मार्सिकोर नेपालको आर्थिक सहयोगमा ग्रामीण महिला विकास तथा एकता केन्द्र डेडेल्धुराद्धरा सञ्चालित समुदायको लागि बाढी उत्थानशीलता परियोजनाका लागि परशुराम नगरपालिकाको स्थानीय आपतकालीन केन्द्र सञ्चालनको लागि कर्मचारी माग गरिएको हो । 

इच्छुक व्यक्तिले सूचना प्रकासित भएको पन्ध्र दिनभित्र आवेदन दिन सक्ने पालिकाले जनाएको छ । आवश्यक कागजातसहित १००० रुपैँया दस्तुर तिरी आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।