बैतडीको सुन्दरखालीमा जारी अन्तरपालिका भलिबल, मेलौली फाइनलमा

बैतडीको सुन्दरखालीमा जारी अन्तरपालिका भलिबल, मेलौली फाइनलमा

बैतडीः बैतडीको सुन्दरखालीमा जारी अन्तरपालिका भलिबल प्रतियोगितामा मेलौली नगरपालिका फाइनलमा प्रवेश गरेको छ। 

आज भएको सेमिफाइनल खेलमा पाटन नगरपालिकालाई ३-० को सोझो सेटमा पराजित गर्दै मेलौलीले फाइनलमा स्थान सुरक्षित गरेको हो। मेलौलीले अब उपाधिका लागि दशरथचन्द नगरपालिकासँग खेल्नेछ।

म्यानेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मंसिर २५ गते शुरू भएको प्रतियोगितामा १० टोलीको सहभागी रहेको छ। प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २५ हजार नगदसहित ट्रफी, द्वितिय पुरस्कार ७५ हजार नगदसहित ट्रफी प्रदान गरिने ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिनुभयो।