सुदूरपश्चिम महोत्सव पुष ५ गते सम्म सञ्चालन हुने

सुदूरपश्चिम महोत्सव पुष ५ गते सम्म सञ्चालन हुने

मंसिर २२ गते देखी पुष २ गते सम्म सञ्चालन भैरहेको सुदुरपश्चिम महोत्सवको अवधी ३ दिन थप भएको छ।

धनगढी १ पशुपती टोलमा सञ्चालन भैरहेको सुदुरपश्चिम महोत्सवमा दर्शकहरुको सहभागिता बढेको र माग अनुसार महोत्सवको अवधी ३ दिन थप भएको आयोजकले जनाएको छ। अब महोत्सब पुष ५ गते सम्म सञ्चालन हुने जनाइएको छ।

यस्तै कैलाली उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवमा आज आठौं दिन लोक प्रिय गायक प्रमोद खरेल, चेतन बोहरालगायतका (स्थानिय तथा राष्ट्रिय) कलाकारले बेजोड प्रस्तुती राखेका थिए।

भोलीका आर्कषणको रुपमा खुमन अधिकारी, चक्र बम र शितल शर्माको बेजोड प्रस्तुती रहने कैलाली उद्योग वाणिज्य संघका प्रचार प्रसार सँयोजक मनोज अग्रवालले जानकारी दिए।

महोत्सवमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ।