कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बोलाइएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा आम निर्वाचनको परिणाम, अबको राजीतिक कदम र संसदीय दलको निर्वाचनबारे छलफल हुनेछ ।