आज कस्तो रहनेछ मौसम ? यस्तो छ पूर्वानुमान

आज कस्तो रहनेछ मौसम ? यस्तो छ पूर्वानुमान

धनगढी । विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही तराईका थोरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको  छ।

दिउँसो  प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य  बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राती   प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै  उक्त प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा  एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको तथा तराईका केही भू-भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने  र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकोले जल तथा मौसम विज्ञान विभागले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।