सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु

सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको एउटा सडक सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

राजधानी काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ सुरुङमा शनिबार साँझ एउटा तेल ट्याङ्कर पल्टिएर आगलागी भएको थियो ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्बिरमा घटनापछि धेरै सवारी साधन जलेको देखाइएको छ । ‘इन्धन ट्याङ्कर विस्फोट भयो । म तल खसे। मेरो लुगामा आगो लाग्यो’, सुरुङमा घाइते भएका एक प्रत्यक्षदर्शीले टोलो समाचारलाई भने। केही शवहरू जलेका थिए ।