‘त्यसबेला प्रहरी एक्टिभ गएको भए यो घट्ना घट्दैनथ्यो कि?’

‘त्यसबेला प्रहरी एक्टिभ गएको भए यो घट्ना घट्दैनथ्यो कि?’

ठिक महिनाअघि अत्तरियामा घोडाघोडी सुनचाँदी पसललगायत ५ पसलमा चोरी भएको थियो । प्रहरीलाई चोरीको छानविन गरिदिन प्रहरीकहाँ निवेदन पनि पर्‍यो । तर प्रहरीले न अनुसन्धान अगाडि बढायो, न कुनै सुइँको नै पायो । 

ठिक एकमहिनापछि आइतबारसाँझ त्यही अत्तरियामा, त्यही घोडाघोडी सुनचाँदी पसलका मालिक ३१ बर्षीय विकास सुनारमाथि गोली प्रहार भयो । उनीसँग भएका सामाग्री समेत लुटियो । 

विकास पसल बन्द गरेर घर जानेक्रममा अत्तरियास्थित पूर्वपश्चिम राजमार्गको दुई किलोमिटर जतिमात्रै अघि के बढेका थिए, उक्त घटना भएको थियो ।

दुई जना हेल्मेट लगाएर मोटरसाइकलमा सवारहरुले उनीमाथि गोली चलाएका थिए । पहिलो गोली छलेका उनको हातमा दोस्रो गोली लाग्यो । लगत्तै मोटरसाइकल छाडेर भागेका उनको सामान लुटेर लुटेराहरु फ्रहार भए । 

घटनास्थलको दुई सय मिटर अगाडि सशस्त्र प्रहरीको ब्यारेक छ भने पछाडि झण्डै ५ सय मिटरमा प्रहरी चौकी नै छ । नजिकै सुरक्षाकर्मी भएका बाबजुद पनि घट्ना घट्नुलाई स्थानीयले सामान्य मानेका छैनन । 
 
‘एक महिनाअघि पनि यही चोरी भएको थियो । प्रहरीलाई निवेदन पनि दिएको हो । त्योबेला न प्रहरीले केही अनुसन्धान ग¥यो न कोही फेला पा¥यो,’ स्थानीय नवदुर्गा सुनचाँदी पसलका सञ्चालक दीपकराज पौडेलले प्रश्न गर्दै भने, ‘एक महिना अघि प्रहरीले केही गरिदिएको भए अहिले यो घट्ना हुन्थेन कि? त्यसबेला प्रहरी एक्टिभ गएको भए यो घट्ना घट्दैनथ्यो कि?’ 

No description available.

नजिकै सशस्त्र र जनपद प्रहरीका चौकी भएपनि जनतालाई शान्ति सुरक्षाको अनुभूति गराउन नसक्नु प्रशासनको कमजोरी भएको उनी बताउँछन् । 

‘९ जिल्ला जाने सेन्टरमा चाँही गोली प्रहार हुन्छ भने अरु ग्रामिण क्षेत्र कस्तो होला ? यो सरासर प्रशासनको लापरवाही हो,’ पौडेले थपे, ‘प्रहरीले शान्ति सुरक्षाका लागि प्रतिबद्ध छु भनेर कसरी विश्वास गर्नु? विश्वास गर्ने वातावरण नै छैन ।’ 

घाइते सुनारका बुबा लालबहादुर पनि जनतालाई स्थानीय प्रशासनले सुरक्षाको प्रत्याभूति दिन नसकेको बताए । 

‘मुख्य बजारको बाटोमा सुरक्षा निकाय नजिकै मेरो छोरामाथि गोली प्रहार भएको छ,’ लालबहादुरले भने, ‘प्रहरीले अझैपनि गोली हान्नेहरुलाई पक्राउ समेत गर्न सकेको छैन । यसले आगामी दिनमा पनि हामीलाई आतंकित बनाएको छ ।’

यसैबीच उद्योगी व्यवसायीहरुले शान्ति, सुरक्षा प्रदान गरी भयरहित तरिकाले व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन प्रशासनसँग माग गरेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश कमिटिले एक विज्ञप्ती जारी गर्दै  दिनदाहाडै सुरक्षाकर्र्मीको नजिकै भिडभाड युक्त ठाउँमा व्यापारी माथि ज्यान मार्ने उद्देश्यका साथ भएको आक्रमण प्रति घोर भत्र्सना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशी सुरक्षा दिँदादिँदै पनि यस्ता अप्रिय घट्नाहरु घट्ने गरेको बताउँछन् । शत प्रतिशत घट्ना नघटोस् भनेर नै प्रहरी लाग्दा पनि यस्ता घट्नाहरु घट्ने गरेको उनको भनाई छ । 

‘घट्ना एकदमै दुखद घट्ना हो तर एउटा संयोग नै मान्नुपर्छ उहाँको स्वास्थ्य अवस्था सामान्य छ  । डाक्टरका अनुसार उहाँ अहिले खतरा मुक्त हुनुहुन्छ,’ जोशीले भने, ‘हामीले पनि सुरक्षा दिँदादिदै पनि यस्तो अप्रिय घट्ना घट्यो यसमा हामी गम्भीर छौ । घट्ना घट्यो भने सुरक्षा छैन र घट्ना घटेन भने हामी पूर्ण रूपमा सुरक्षित छौ भन्न सकिदैँन ।’

डिएसपी जोशीले घटनाको अनुसन्धान भईरहेको बताएपनि प्रहरीले अहिलेसम्म सुटरहरुबारे सुँइको समेत पाएको छैन । 

‘अहिले सम्म त्यस्तो केही तथ्य बाहिर आएको छैन । अहिले त्यो क्षेत्रमा भएका सिसी क्यामेराको फुटेज पनि हेरिरहेका छौ,’ डिएसपी जोशीले भने, ‘ यसमा एक व्यक्तिले मोटरसाइकलमा पिछा गरेको देखिन्छ । कैलाली, कञ्चनपुरसहित पाहाडी जिल्ला र नाकाहरुमा हाई अलर्ट गरिएको छ ।’