आजको मौसम : तराईमा हुस्सु, पहाडमा आंशिक बदली

आजको मौसम : तराईमा हुस्सु, पहाडमा आंशिक बदली

धनगढी । हाल जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ।

हाल लुम्बिनी, सुदूरपश्चिम प्रदेश तथा देशका पहाडी भू-भागमा आंशिक बदली  रही तराईका थोरै भू-भागमा हुस्सुरकुहिरो रहेको छ। यस्तै सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भइरहेको छ ।

दिउँसोː  प्रदेश १ मा आंशिक देखि सामान्य  बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  

 रातीː   देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  

तराईका केही  भू-भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने  र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।