बैतडी शिक्षक घटना: हत्या भएको खुलासा, हत्यारा आज सार्वजनिक हुने

बैतडी शिक्षक घटना: हत्या भएको खुलासा, हत्यारा आज सार्वजनिक हुने

बैतडी: बैतडीको पाटन नगरपालिका ६ मा पर्ने कृष्ण माविका शिक्षकको हत्या भएको खुलासा भएको छ । 

शिक्षक धनबहादुर बिष्टको पुष १ गते शुक्रबार राती छात्रावास नजिकै हत्या भएको अनुसन्धान गर्ने निकायको निर्णय छ । हत्यामा भएको संग्लन हत्यारा बिहीबार सार्वजनीक गरिने भएको छ । पुष २ गते छात्रावास पछाडीको झाडीमा शव फेला परेको थियो । 

उनको मादक पर्दाथ सेवन गरी लडेर मुत्यृ भएको अनुमान गरिएको थियो । तर उनका परिवारीले हत्याको आशंका गरेपछि अनुसन्धान थालिएको थियो ।  सुनर्या गाउँपालिका २ स्थायी घर भएका शिक्षक बिष्टको पिकनीकबाट आएपछि छात्रावासमा हत्या भएको पुष्टी अधिकारीक स्रोतले बताएको छ । हत्यामा संग्लनहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय बैतडीले सार्वजनीक गर्ने भएको छ । 

शिक्षक बिष्टको न्यायका लागि ५ दिनदेखी शिक्षक, बिद्यार्थी र आफन्त आन्दोलीत छन् । आन्दोलीत समुहले पाटन नगरपालिका विद्यालय, बजार, र यातायात दुई दिन देखी बन्द गरेको छ, भने पाटन नगरपालिका तालाबन्दी गरिएको छ ।