महाकाली नदीमा बगेर एक महिलाको मृत्यु

महाकाली नदीमा बगेर एक महिलाको मृत्यु

धनगढीः महाकाली नदीमा बगेर शनिबार एक महिलाको मृत्यु भएको छ। 

दार्चुलाको महाकाली नगरपालिका ४ स्थित बङ्गाबगरबाट महाकाली नदीमा खसेर ब्यास गाउँपालिका १ छांग्रुकी अन्दाजी ७० वर्षीया बिन्दा ऐतवातको मृत्यु भएको हो।

महाकाली नदीले बगाएर ल्याएको महिलाको शव महाकाली नगरपालिका ४ स्थित डुम्पानी भन्ने ठाउँमा (भारततर्फ) फेला परेको थियो। भारतीय प्रहरिले ढुङ्गाको बीचमा अड्किएको शव निकालेर पोस्टमार्टमका लागि पिथौरागड जिल्लाको धार्चुला अस्पतालमा लगिएको जनाएको छ।

नदीले ती महिलालाई कसरी बगायो भन्नेबारे अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।