अस्पताल निमार्ण नेताहरुको भोट बैंक

अस्पताल निमार्ण नेताहरुको भोट बैंक

ललित बोहरा / मेलौली / बैतडीको मेलौली नगरपालिकामा अस्पताल निर्माणको विषयमा दुई वडाबिच द्धन्द सिर्जना भएको छ । आफ्नौ नगरपालिकोमा निमार्ण हुने अस्पताललाई लिएर वडा नम्बर १ र ७ ले विवाद भइरहेको छ । २०७० सालमा त्तकालिन जिल्ला स्वास्थ्य कार्यालयले जग्गाको टुगो लगाउन भनेको थियो । २०७० कार्तिकमा केशपुर स्वास्थय चौकी नजिक १५ रोपनी जग्गा नपाएपछि वडा नम्बर १ मा जग्गा दान भएको थियो । तर पछि विवाद सिर्जना भएकाले ९ बर्षबाट यहाँका जनताले चिकीत्सकीय सेवा नियमीत पाउन सकेका छैनन् । तल्लोस्वराड क्षेत्रमा पर्ने मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकले उपचारका लागि डडेल्धरा, जिल्ला सदरमुकाम बैतडी तथा भारत जानुपर्ने बाध्यता त्यहाकै नागरिक आफ्नै कारण छन् । 
वडा नम्बर १ मा अस्पताल निमार्ण गर्ने परिपत्र आएपछि आ–आफ्नो ठाउँमा निर्माण हुनुपर्ने माग राखेर तीनदिनदेखि सडक आन्दोलन नै गरेका छन्  दुईपक्ष बिच सडक प्रर्दशनका ३५ जना घाईते पनि भएका छन् । 
जिल्लाको मेलौली नगरपालिका पछिल्ला तीनदिनदेखी सडक ठप्प परेर वडा नम्बर १ र ७ का जनता सडकमा छन् । वडा नम्बर ७ का स्थानीयहरुले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र काडाँबजार रहेकै ठाउँमा १५ शय्याको आधारभूत अस्पताल निर्माण हुनुपर्ने माग छ । ७ नम्बर वडामा रहेको अस्पताल सार्न खोजेको भन्दै सडकमा आएको स्थानीय भोजराज भट्टले बताए । उनले भने, यहाँ भएको अस्पताल १ नम्बरमा सार्न खोजीएको छ। जग्गा छैन् भनेर यहाँ जहाँ प्रायाप्त छ, हिड्नास देखाउछु।,
२०७० शालमा त्तकाली जिल्ला स्वास्थ्य कार्यालयले १५ सस्याको अस्पतालका लागि जग्गा केशरपुर स्वस्थ्य चौकी भएको ठाउँका जनतालाई दिन भनेको थियो ।  तर त्यहाँका जनताले मुल्य बढी भएकाले दिएको थिएन् । पछि वडा नम्बर १ मा जग्गा दान गरिएको देखिन्छ । पछि वडा नम्बर १ का जनताले पनि जग्गाको व्यवस्था गरेको स्वास्थ्य केन्द्रको रेर्डकमा छ । पहिले वडा नम्बर १ का जनाले अस्पतालका लागि जग्गा दान गरेकाले त्यही अस्पताल हुनुपर्नेमा स्थानीय जगदीश नायकले जोड लिए । उनले भने, ‘जग्गा दिउ भन्दा नदिने अहिले हामीले दिएको बेला हाम्रोमा जग्गा छ भनेर पुरानो अस्पताल भएकै क्षेत्र देखाने यो मान्य हुदैन अस्पता वडा नम्बर १  मै हुन्छ सरकारले प्रक्रिया थाली सकेको छ विकासको विरोध गर्नु हुदैन् ।,
वडा नम्बर १ बिट्ठेनीमा सरकारको निती अनुसार १५ रुपनी जग्गा तत्काली कार्यपालिकाको सहमतीमा अस्पताल बनाउने गरी उपलब्ध गराएको छ । तर पछि वडा नम्बर ७ ले पनि जग्गाको व्यवस्था गरेपछि विवाद हुदै आएको र समयमै तल्लोस्वरडा जनताले स्वास्थ्य सेवाबाट विमुख हुनुपर्ने अवस्था आएको छ । त्तकालीन स्थानीय सरकारको नेतृत्वमा रहेका निर्वमान नगरप्रमुख कृष्णसिह नायकले विभिन्न समयमा सहमती तथा सहकार्य र छलफलपछि मात्र वडा नम्बर ७ को बिट्ठेनीमा अस्पताल बनाउन टेन्डर प्रक्रियामा पुगाएको बताए । उनले भने, ‘त्यहाँको अस्पतालको स्तरोउन्ती गर्ने गरी नयाँ अस्पताल १ नम्बरमा बाउने त्तकाली कार्यपालिकामा सहमती भएको छ, पहिलो जग्गा दान पनि १ नम्बरकैले गरेको देखिन्छ।,
अस्पताल निर्माणका विषयमा विवाद हुँदा बिहीबार दुवै पक्षबीच झडप हुँदा ३५ जना घाइते भएका थिए । एक पक्षले लगाएको ताला अर्को पक्षले छलफल नै नगरी खोलेपछि झडप भएको हो । तर वडा नम्बर ७ का नागरिकमाथि १ नम्बरका नागरिकले सिधै आक्रमण गरेको स्थानीय  सुरेश ओझाले बताए । उनले भने, ‘हामीले लगाइको ताला कुनै छलफल नगरी अर्को पक्षले तोडेको थियो। हामी नगरपालिका गएका थियौँ एक्काशी उनीहरुको मान्छेले अक्रमण गरेको छ । यसलाई दुई पक्ष झडप भन्न मिल्दैन। नगरपालिकालाई स्वास्थ्य मन्त्रालयबाट अस्पतालका लागि टेन्डर गर्ने परिपत्र आएपछि विवाद सुरु भएको हो । नगरपालिकाले द्धन्द्ध समाधनका लागि प्रयास गरीरहेको मेलौली नगरपालिका कार्यवाहक नगरप्रमुख कृष्ण दत्त भट्टले बताए । भट्टले भने,‘२०७० सालबाटैको विवाद हो अहिले आन्दोन नै भएको छ मेयर साप काठमाण्डौबाट आएपछि छलफल हुन्छ अहिले बाटो खुलाउने तथा समस्याको समाधनबारे साथीहरुसंग छलफल जारी छ ।, 
कार्यवाहक मेयर भट्ट जग्गा माग गर्ने समयमा जिल्ला स्वास्थ्य कार्यालय बैतडीका कर्मचारी थिए । 
वडा नम्बर ७ बाट ३ किलो मिटरको दुरीमा नयाँ अस्पताल निमार्णका लागि प्रक्रिया सुरु हुन लागेको हो । विवाद भएपछि अस्पताल निमार्ण प्रक्रिया नै रद्द हुन सक्ने भएकाले दुई पक्षले मेलौलीमा अस्पताल बनाउन समझदारी गर्नुपर्ने सरकारी अधिकारीहरुको भनाई छ । विवादकै बिच अस्पताल निमार्ण प्रक्रिया अगाडी नबढने देखिन्छ । चिकीत्सक सहितको स्वास्थ्य सेवाको पहुँचमा नागरिक पुगाउन कसैले सिमित राजनिती गर्नु नहुने जानकारहरुको भनाई छ । 

No description available.

No description available.

No description available.