रविले अस्वीकार गरेपछि सरकारको प्रवक्ताको जिम्मेवारी विष्णु पौडेललाई

रविले अस्वीकार गरेपछि सरकारको प्रवक्ताको जिम्मेवारी विष्णु पौडेललाई

रवि लामिछानेले अस्विकार गरेपछि सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रवक्ताको जिम्मेवारी पौडेललाई दिइएको हो। 

उक्त जिम्मेवारी सुरुमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रस्ताव गरिएको थियो। तर उनले प्रवक्ताको जिम्मेवारी लिन अस्विकार गरे। त्यसपछि तत्काललाई प्रवक्ताको जिम्मेवारी पौडेललाई दिइएको हो। 

उक्त जिम्मेवारी मन्त्रिपरिषद् पूर्ण रुपमा विस्तार नगर्दासम्मका लागि मात्र पौडेललाई दिइएको हो। प्रवक्ताको जिम्मेवारी अब नियुक्त हुने सञ्चार तथा सूचना प्रविधिमन्त्रीले पाउने छन्।