धनगढी ३ को  डुवानको समस्या समाधान गर्छौ : वडा अध्यक्ष ऐर

धनगढी ३ को  डुवानको समस्या समाधान गर्छौ : वडा अध्यक्ष ऐर

धनगढी ।  धनगढीमा बर्षातका समय अधिकांस बस्तीहरु डुवानमा पर्ने गरेका छन् । धनगढी उपमहानगरपालिका ३ का वडा अध्यक्ष राज बहादुर ऐरले डुवानको समस्या चाडै समाधान गर्ने बताएका छन् । रेडियो धनगढीबाट प्रसारण हुने कार्यक्रम सुदूर बहसमा उनले डुवानको समस्या छिट्टैै समाधान गर्ने बताएका छन् । 
धनगढी उपमहानगरका अधिकांश वडाका बस्ती सामान्य पानी पर्दा पनि  जलमग्न हुने गरेको  छ । बिभिन्न निकायले यसको समाधान गर्छु भने पनि यो समस्या अझै समाधान कहिलै हुन सकेन ।अध्यक्ष ऐरले भने, ‘ बिगतका वर्षदेखि नै डुवानको समस्या छ यसको समाधानका लागि नगरपालिकासंग छलफल गरिरहेका छौ ।, ’ यसको डिपीआर पनि तयार गर्दैछौं  ।
धनगढी ३ विशालनगर, मिलनचोक, भन्सार आसपासको बस्तीका अधिकांश डुवानमा पर्ने गरेको छ  । यस्तै वडा अध्यक्ष ऐरले छाडा पशुचौपायाको पनि  व्यवस्थापन गर्ने बताएका छन् । स्थानीय तहको बजेटले मात्रै नहुने हुँदा प्रदेश सरकारसंग पनि समन्वय गरिरहेको उनले बताए ।
त्यस्तै, वडा ४ को बसपार्क, वडा ५ को हसनपुर शिवनगर, वडा २ को भन्सार रोड पूर्वको आवासीय क्षेत्र जलमग्न हुने गरेको छ । वडा ३ मा पानीले निकास नपाउँदा वडा २ का बासिन्दा डुबानमा पर्ने गरेका छन् । वडा ३ मा पानीको निकासका लागि योजना बनाइ रहेको वडा अध्यक्ष ऐरले बताए । 
योृ बढ्दो चिसोको बेला आफ्ना वडाका सम्पुर्ण वडा बासीहरु चिसो बाट बच्नका लागी दाउरा पनि वितरण गर्ने अध्यक्ष ऐरले बताए ।