सामुदायीक बिकास केन्द्रले ३० औं बार्षिक उत्सब मनायो

सामुदायीक बिकास केन्द्रले ३० औं बार्षिक उत्सब मनायो


गणेश मौनी, डोटी: सामुदायीक बिकास केन्द्र डोटीले शनिबार एक कार्यक्रमको आयोजना गरि संस्थाको ३० औं बार्षिक उत्सब मनाएको छ । 

संस्थाको सम्पर्क कार्यालय सिलगढीमा संस्थाका संस्थापक अध्यक्ष स्वं हरिप्रसाद पन्तको स्मृती गर्दै फोटोमा माल्यापर्ण सहित जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंह र संस्थाका बर्तमान अध्यक्ष हेमराज जोशीले संयुक्त रुपमा मैनबत्ती प्रजोलित गर्नुका साथै केक काटेर बार्षिक उत्सब मनाएको हो ।  

संस्थाले ग्रामीण तथा सिमान्तकृत समुदायमा बसोबास गर्ने आर्थिक सामाजिक रुपमा पछाडी परेका समुदायको शिक्षा, स्वास्थ्य, बिपद जोखिम न्यूनिकरण, खानेपानी, सरसफाई, पोषण र आयआर्जका कृयाकलापहरुलाई एकिकृत तवरले संचालन गरि सुरक्षित र समतामुलक समाज निमार्ण गर्ने ध्ययले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको सामुदायीक बिकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले बताए । 

सामुदायीक बिकास केन्द्र डोटी सरकारले संचालन गरेका विभिन्न कार्यक्रमहरुलाई सहयोग गर्ने डोटी जिल्लाको अग्रणी संस्थाको रुपमा रहेको जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंहले बताए । संयोजक सिंहले संस्थाको ३० औं बार्षिक उत्सबको अवसरमा प्रगतीको कामना समेत गरेका छन् । 

२०४९ साल पौष १६ गते डोटी जिल्लाको शिखर नगरपालिका वडा नम्बर ९ जिजोडामाण्डौमा स्थापना भई केन्द्रीय कार्यालय रहेको सामुदायीक बिकास केन्द्र डोटीले शिक्षा, स्वास्थ्य, विपद जोखिम न्यूनिकरण, खानेपानी, सरसफाई, कृर्षि, पोषण र आयआर्जनका क्षेत्रमा काम गर्दै आईरहेको छ । संस्थाले स्थापनाकाल देखि हाल सम्म डेड दर्जन भन्दा बढी सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसंग साझेदारी गरिसकेको सामुदायीक बिकास केन्द्र डोटीका लेखा संयोजक तिर्थराज पन्तले बताए । संस्थाले हाल पनि विभिन्न सरकारी, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संघ संस्थाहरु संग साझेदारीमा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । 

करिब १ सय ५० जना कर्मचारीहरु रहेको संस्थाले सुदूरपश्चिमका सबै जिल्लामा कार्यक्षेत्र बनाएर काम गरिरहकोे छ । संस्थाको ३० औं बार्षिक उत्सब समारोहमा कार्यसमितिका पदाधीकारीहरु, कर्मचारी, नागरिक समाज, पत्रकार लगाएको सहभागिता रहेको थियो ।