लुम्बिनी प्रदेशसभा सदस्यको शपथ आज

लुम्बिनी प्रदेशसभा सदस्यको शपथ आज

काठमाडौं ।  लुम्बिनी प्रदेशसभा सदस्यहरुले आज शपथ ग्रहण गर्दैछन्।  ८७ जना प्रदेशसभा सदस्यले स्थायी राजधानी देउखुरीस्थित नवनिर्मित प्रदेशसभा भवनमा शपथ लिँदैछन्। प्रदेशसभा सदस्यहरुलाई दिउँसो १ बजे प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनु हुनेछ। 

प्रदेश प्रमुख शेरचनले भोलिका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्नुभएको छ । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ४ को उपनियम १ बमोजिम प्रदेश प्रमुखबाट शपथ गराउन लागिएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए।