सुदूरपश्चिमा कांग्रेस संसदीय दलको नेता छनोट गर्न एक हप्ता लाग्न सक्छ:  खड्का

सुदूरपश्चिमा कांग्रेस संसदीय दलको नेता छनोट गर्न एक हप्ता लाग्न सक्छ:  खड्का

धनगढी । सुदूरपश्चिमा कांग्रेस संसदीय दलको नेता छनोट गर्न अझै एक हप्ता लाग्ने जनाइएको छ ।  
संसदीय दलका विषयमा छलफल सुरु नभएको हुँदा दलको नेता छनोट गर्न अझै एक साता लाग्न सक्ने कांग्रेस प्रदेश महामन्त्री तथा प्रदेश सभा सदस्य मेघराज खड्काले बताए  । १९ जना प्रदेश सभा सदस्य रहेको काँग्रेसमा दलको नेताका लागि पाँच, छ जना  आकाङ्क्षी छन् ।

कांग्रेस प्रदेश महामन्त्री तथा प्रदेश सभा सदस्य खड्काले यति नै दिन भनेर तोक्न नसकिए पनि एक हप्ता भित्रै दलको नेता चयन गर्ने बताए । ‘ सम्भवतः एक हप्ता भित्रै दलको नेता चयन गर्छौ विवाद भएर रोकिएको होइन उनले भने छलफलमै छौ ।,’ 

सुदूरपश्चिम प्रदेश सभामा अहिले सम्म नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी, नेकपा एमाले र माओवादी केन्द्रले दलको नेता चयन गरिसकेको छ । 

नेकपा एमाले दलको नेता राजेन्द्र रावल, माओवादी केन्द्रका खगराज भट्ट, नेकपा एसको दलको नेतामा दीर्घ सोडारी र नागरिक उन्मुक्तिको नेतामा रामेश्वर चौधरी छनोट भइसकेका छन् । 
सुदूरपश्चिममा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एसका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ सांसद छन् ।