कुर्मी हत्याबारे थप अनुसन्धान गरी रिपोर्ट पेस गर्न गृहमन्त्री लामिछानेको निर्देशन

कुर्मी हत्याबारे थप अनुसन्धान गरी रिपोर्ट पेस गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ : बाँकेकी निर्मला कुर्मी मृत्यु प्रकरणका विषयमा थप अनुसन्धान गरी सत्यतथ्य रिपोर्ट पेस गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई निर्देशन दिएका छन् ।

गृहमन्त्रालयमा सोमबार गृहसचिव विनोद प्रकाश सिंह, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह लगायत उच्च सुरक्षा अधिकारीसहितको छलफलमा मन्त्री लामिछानेले चाँडोभन्दा चाँडो रिपोर्ट आउने गरी स्वतन्त्रपूर्वक उक्त घटनाको छानबिन गर्न निर्देशन दिएका हुन् ।

प्रहरी अनुसन्धानको अहिलेसम्मको रिपोर्टका बारेमा जानकारी लिएसँगै गृहमन्त्री लामिछानेले निर्मला कुर्मीको न्यायका लागि धर्नामा बसेकी रुबी खानलाई टेलिफोन गरी धर्ना स्थगन गरी अनुसन्धान सहज बनाइदिन आग्रह गरेका थिए ।