कांग्रेस संसदीय दलमा ६ जना आकांक्षी, प्रकाश देउवाको सम्भावना बढी

कांग्रेस संसदीय दलमा ६ जना आकांक्षी, प्रकाश देउवाको सम्भावना बढी

धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलको वैठक निष्कर्षविहिन बनेको छ । दलको नेताका लागि प्रदेश सभामा निर्वाचित छ जनाले दाबी गरेपछि बैठक निष्कर्षविहिन भएको हो ।
कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर प्रदेश बाहिर भएपनि उपसभापति लोकराज अवस्थीको अध्यक्षतामा बैठक बसेको थियो ।

प्रदेश सभामा सदस्य प्रकाश बमले दलको नेतामा अछामका मेघराज खड्का, कञ्चनपुरका बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कैलालीका प्रकाश देउवा, कमल शाह र बैतडीका शिवराज भट्टले दाबी गरेका छन् ।

‘दलको नेताका सामान्य छलफल भएको थियो । बैठक निष्कर्षविहिन भएको छ’ उनले भने –‘अहिले नेतामा दाबी गरेका प्रदेश सभा सदस्यहरु आपसी सहमति जुटाउन छलफलमा छन् ।’

उनका अनुसार भोली साँझसम्म दलको नेताको टुङ्गो लाग्ने छ । दलको नेता चयन गर्नका लागि अझै केही दिन लाग्ने प्रदेश महामन्त्री समेत रहेका प्रदेश सभा सदस्य मेघराज खडकाले बताए । उनले भने –‘हामी सहमतिमा नेता चयन गर्ने गरि अघि बढेका छौं । सहमति नजु्टे निर्वाचन हुने छ ।’

प्रदेशको संंसदीय दलको नेतामा केन्द्रबाट हस्तक्षेप हुने देखिएको छ । केन्द्रको हस्तक्षेपबाट दलको नेतामा प्रकाश देउवा चयन हुने सम्भावना रहेको प्रदेश सभा सदस्यहरुको आँकलन रहेको छ । एक प्रदेश सभा सदस्यले भने ‘दलको नेतामा प्रकाश देउवाको सम्भावनामा बढी रहेको छ ।’