सामाजिक विकास मन्त्रालयको औषधी खरीद सम्बन्धी टेण्डर रद्द

सामाजिक विकास मन्त्रालयको औषधी खरीद सम्बन्धी टेण्डर रद्द

धनगढी : औषधी खरीदको टेण्डरमा अनियतिताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धा आयोगमा उजुरी परेपछि सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एउटा टेण्डर रद्द गर्दै पुनः सूचना प्रकाशन गर्ने निर्णय गरेको छ । 

चैत १९ गते खोलिएको टेण्डर अनुसार आइएमएनसिआईका लागि खोलिएको टेण्डर रद्द गर्दै नया सूचना निकाल्ने निर्णय भएको हो । मन्त्रालयले आज मात्रै नया सूचना निकाल्ने निर्णय गरेको छ । रेडियो धनगढीलाई प्राप्त जानकारी अनुसार आशयपत्रको गोप्य सूचना थाहा पाएका ब्यवसायीहरुले मन्त्रालया पुनर्बिचारका लागि  र अनियमितता भएको भन्दै अख्तियारमा संगै उजुरी गरेका थिए ।

ब्यवसायीहरुको उजुरीका कारण मन्त्रालयले सो शिर्षकको टेण्डर रद्द गर्दै नया सूचना निकाल्ने निर्ण गरेको हो । ६७ लाखमा औषधी उपलब्ध गराउने गरी टेण्डर हालेको तिवारी मेडिसिनलाई टेण्डर नपारि १ करोड १६ लाखमा टेण्डर हाल्ने डि.बी.मेडिसिनलाई पारिएको थियो ।

अक्सिजन प्लान्ट र अस्पतालमा आवश्यक उपकरणमा पनि महङ्गो मुल्यमा टेण्डर हाल्नेले पाएका छन् । यी दुबै टेण्डर भने रद्द गरिएका छैनन् । बयवसायीहरुले यो पनि रद्द गर्न माग गरेका छन् ।