धनगढी : आदर्श युवा समूह धनगढीले आयोजना गरेको २०७६ सालको शुभकामना तथा खुल्ला बृहत गजल प्रतियोगिता सम्पन्न भएको छ । उक्त गजल प्रतियोगितामा प्रथम धु्रर्बा तिमिल्सेना, द्धितिय महेश नेपाली, तृतिय विजया उपाध्याय र सान्त्वना अबि साधक प्यारे हुनु भएको छ ।
सामाजिक कार्यमा निरन्तर काम गर्दै आएको आदर्श युवा समुहले पछिल्लो समय सक्रिय रुपमा काम गरिरहेको क्लबका अध्यक्ष रोहित बिसी ले बताए । आफुले गरिरहेका सम्पुर्ण काममा सबैले साथ दिन उनले आग्रह गरेका छन ।
साथै आगामी दिनमा पनि सबैले साथ दिए भने बिभिन्न सामाजिक काम गर्ने उनले बताए । कैलाली जनपुस्तकालयमा भएको कार्यक्रममा बिभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो भने विभिन्न श्रष्ठाहरुले आफ्ना प्रस्तुती प्रस्तुत गरेका थिए ।