मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

धनगढी : धनगढीमा मंगलबार साँझ मोटरसाइकलको ठक्कर वाट एक पैदल यात्रुको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फुलबारीमा से १ प ५३५० नम्बरको मोटरसाइकलको ठक्कर वाट सोही ठाउँकी पैदल यात्री सरस्वती अधिकारीको मृत्यु भएको कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बहादुर बस्नेतले जानकारी दिनुभयो ।

मोटरसाइकलको ठक्कर वाट गम्भीर घाइते भएकी अधिकारीको उपचारका लागी सेती अञ्चल अस्पताल ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।मोटरसाइकल चालक गोदावरी नगरपालिकाका राम प्रसाद चौधरी पनि घाइते भएका छन् ।