आज कस्तो रहनेछ मौसम ? यस्तो छ पूर्वानुमान

आज कस्तो रहनेछ मौसम ? यस्तो छ पूर्वानुमान

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य  प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली  रही तराईका धेरै भू-भागहरूमा हुस्सु /कुहिरो  शितलहर लागिरहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू-भागहरूमा हुस्सुरकुहिरो  लाग्ने सम्भावना रहेको छ। 

राती देशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू-भागहरूमा हुस्सुरकुहिरो  लाग्ने सम्भावना रहेको छ। 

तराईका धेरै  भू-भागहरूमा  बाक्लो  हुस्सु र कुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी  तथा सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।