ट्याक्टरबाट खसेर युवकको मृत्यु

ट्याक्टरबाट खसेर युवकको मृत्यु

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२७ मा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । स्थानीय २९ वर्षीय दीपक परियारको मृत्यु भएको हो ।

बिहीबार बेलुका करिब साढे ७ बजे ढुंगा बोकेको ग१त ५२९२ नम्बरको ट्याक्टरबाट खसेर परियार गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा पश्चिम क्षेत्रीय अस्पतालमा हिजै मृत्यु भएको जनाइएको छ ।

उक्त ट्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको छ ।