सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

सुनको भाउ बुधबार घटेको छ । सुन बुधबार तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ३ सय रुपैयाँ घटेको हो । चाँदी भने बुधबार तोलामा ५ रुपैयाँ बढेर ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।